कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

प्रदेशसभाको बैठक नराख्‍नु संघीयतामाथिको प्रहार : दाहाल–नेपाल समूह

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको दाहाल–नेपाल समूहले प्रदेशसभाको बैठक पटक/पटक सूचना टाँसेर स्थगित गर्नुलाई संघीयताको मर्ममाथिको प्रहारको रुपमा टिप्पणी गरेको छ ।

प्रदेशसभाको बैठक नराख्‍नु संघीयतामाथिको प्रहार : दाहाल–नेपाल समूह

सभामुख सानुकुमार श्रेष्ठले बुधबार दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठक बिहान ६:३५ बजे सूचना टाँसेर स्थगित गरेको विषयमा दाहाल–नेपाल समूहले प्रदेशसभा सचिवालयमा पत्रकार सम्मेलन गरेर विरोध जनाएको हो । 'अल्पमतमा रहेको सरकारको दबाबमा आएर सभामुखले प्रदेशसभाको बैठक पटक/पटक स्थगित गर्नु संघीयता मर्ममाथिको प्रहार हो । तत्काल अर्को बैठक बोलाएर अविश्वासको प्रस्तावको टुंग्याउन जरुरी रहेको छ, ' नेतृ अष्टलक्ष्मी शाक्यले भनिन्,' अविश्वासको प्रस्ताव नटुंगिएसम्म अन्य विधेयकहरु सदनमा ल्याउन नमिल्ने भएका कारण सदन अवरुद्ध गरे जस्तो देखिएको छ ।' उनले लामो समयसम्म प्रदेशसभा सञ्चालन नहुँदा सांसदहरुले विजनेशविहीन हुनुपरेको टिप्पणी गरे ।

उनले अल्पमतमा रहेको सरकारको संरक्षण नगर्न र दबाबमा नपरी तत्काल बैठक बोलाउन समेत सभामुख श्रेष्ठलाई आग्रह गरिन् । मंगलबार दाहाल–नेपाल समूहको दबाब र सर्वदलीय बैठकपश्चात् प्रदेशसभा सञ्चालन गर्ने प्रतिबद्धता जनाएका सभामुख श्रेष्ठले सत्तापक्षको दबाबका कारण पुन: बैठक स्थगित गरेको उनको टिप्पणी छ ।

यसअघि माघ १९ गतेका लागि तय भएको बैठक मुख्यमन्त्रीको दबाबमा अघिल्लो राति सूचना जारी गर्दै सभामुख श्रेष्ठले फागुन ५ गतेसम्मका लागि स्थगित गरेका थिए । पुस १० गते प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव माघ ९ गते प्रदेशसभामा टेबुल भएको थियो ।

प्रकाशित : फाल्गुन ५, २०७७ १४:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?