छोराद्वारा बाबुको हत्या

काभ्रे — पाँचखाल–७ होक्सेमा एक युवाले आफ्नै बाबुको हत्या गरेका छन् ।

कोदालोको बिड प्रहार गरेर ३८ वर्षीय राजु गौतमले ५५ वर्षीय बाबु बलरामको हत्या गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डिएसपी कुमारविक्रम थापाले जानकारी दिए । के विषयमा विवाद भएर घटना भएको भन्ने अनुसन्धान थालिएको थापाले बताए ।

स्थानीयका अनुसार बाबु र छोराबिच यसअघि पनि झगडा हुँदै आएको थियो । यसअघि पनि विवाद हुँदा छोराले बाबुलाई प्रेसर कुकर प्रहार गरेर घाइते बनाएका थिए ।

प्रकाशित : माघ ३०, २०७७ १९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?