कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

राक्सिराङमा दैनिक १८ घण्टा टेलिकमको सेवा अवरुद्ध

सुवास विडारी

मकवानपुर — मकवानपुरको पश्चिमी विकट भेग राक्सिराङ गाउँपालिकामा सरकारी टेलिकम सेवा अवरुद्ध हुँदा स्थानीय बासिन्दा मर्कामा परेका छन् । नेपाल टेलिकमकै लापरबाहीका कारण दैनिक १८ घण्टासम्म सेवा अवरुद्ध हुने गरेको उनीहरूको भनाइ छ ।

राक्सिराङमा दैनिक १८ घण्टा टेलिकमको सेवा अवरुद्ध

टेलिकमको टावरमा विद्युत्को व्यवस्था नहुँदा मोबाइल सेवा अवरुद्ध हुने गरेको हो । टेलिकम टावर सोलार प्यानलबाट सञ्चालन गरिँदै आएको थियो । सोलारबाट पूर्ण क्षमतामा टावर नचल्ने भएकाले नेटवर्क अवरुद्ध भएको स्थानीयले गुनासो गरे ।

जाडो मौसममा वर्षौर्ंदेखि गाउँपालिकावासीले नेटवर्क नआउने समस्या भोग्दै आएका थिए । नेटवर्क अवरुद्ध हुँदा गाउँपालिका कार्यालयलाई पनि असर परेको राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए ।

राक्सिराङ–२ स्थित भाँटी र राक्सिराङ–८ स्थित टोड्केमा नेपाल टेलिकमको टावर छ । टावर स्थापनाका बेला भाँटी र टोड्केमा विद्युत् आपूर्ति भइनसकेका कारण सोलारबाट सञ्चालन गरिएको थियो । हाल गाउँपालिकाले भाँटी र टोड्केमै विद्युत पुर्‍याएको छ । तर, पनि टेलिकमले विद्युत् जडान गरेर टावर २४ घण्टा सञ्चालनमा नल्याएको स्थानीयको आरोप छ ।

मोबाइल सेवा अवरुद्ध हुने समस्याबारे गाउँपालिका कार्यालय र गाउँबासीले पटक–पटक टेलिकमलाई ध्यानाकर्षण गराइसकेका छन् । नेपाल टेलिकम हेटौंडाले भने राक्सिराङमा नयाँ टावर स्थापनाको तयारी भइरहेको जनाएको छ ।

प्रकाशित : माघ १३, २०७७ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?