काठसहित चार पक्राउ- वाग्मती - कान्तिपुर समाचार

काठसहित चार पक्राउ

कान्तिपुर संवाददाता

सिन्धुली — अवैध रूपमा सालको काठ ल्याउँदै गरेका चार जनालाई प्रहरीले कमलामाई नगरपालिका–१० बाट ट्रयाक्टरसहित पक्राउ गरेको छ । 

करिब २४ क्युविक फिट सालको काठसहित पक्राउ पर्नेमा तीनपाटन–२ का चालक कर्णबहादुर तामाङ, भुवन मगर, बलबहादुर राना र मानबहादुर मगर छन् ।

प्रकाशित : माघ ११, २०७७ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्

एनआरएनएको विशेष महाधिवेशन सुरु

कान्तिपुर संवाददाता

काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए)को विशेष महाधिवेशन शनिबारबाट सुरु भएको छ । भर्चुअल माध्यमबाट आयोजित महाधिवेशनमा आर्थिक, वार्षिक र विधान संशोधन प्रस्ताव पेस गर्ने तयारी रहेको संघले जनाएको छ । 

संघको विशेष साधारणसभा उद्घाटनका अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गैरआवासीय नेपालीले कोरोनाको विश्वव्यापी संक्रमणमाझ निर्वाह गरेको भूमिका प्रशंसायोग्य रहेको बताए । संकटका बेला संघ आफ्नो औचित्य र भूमिका स्थापित गर्न सफल भएको उनको भनाइ छ ।

प्रवासमा संकटमा परेका नेपालीको राहत, उद्धार र उपचारमा गैरआवासीय नेपालीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको र संकटको परीक्षामा एनआरएनए खरो रूपमा उत्रिएको उनले बताए । संकटकै बीचमा विदेशमा रहेका नेपाली विज्ञलाई नेपालमा जोड्ने प्रयत्न गरेकोप्रति पनि ज्ञवालीले खुसी व्यक्त गरे । नेपालको संविधानले पहिलो पटक गैरआवासीय नेपालीलाई औपचारिक रूपमा स्विकार्दै एनआरएन नागरिकताको व्यवस्था गरेको स्मरण गर्दै मन्त्री ज्ञवालीले नेपाल सरकारको विदेश नीतिअन्तर्गत विदेशमा रहेका नेपालीको ज्ञान र सीपलाई स्वदेशको विकासमा जोड्ने नीति तय गरेको जानकारी दिए ।

कार्यक्रममा संघका प्रमुख संरक्षक तथा पूर्वअध्यक्ष शेष घलेले महाधिवेशनमा महिला, युवा, दोस्रो पुस्ता र संघको भविष्यबारे छलफल गर्न सुझाए । यसैगरी संघका संरक्षक तथा पूर्वअध्यक्ष जीवा लामिछानेले गतिशील संस्थामा सामान्य विवाद र असहमति हुनु स्वाभाविक रहेको प्रतिक्रिया दिए । कोरोना संक्रमणले विश्वको अर्थतन्त्र आक्रान्त रहेका बेला यसलाई सबै मिलेर सामना गर्नुको विल्कप नभएको उनको भनाइ छ । हरेक संकटसँगै अवसर पनि आउने उनले बताए । महाधिवेशन आइतबारसम्म चल्नेछ ।


प्रकाशित : माघ ११, २०७७ ०७:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×