कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अरनिको राजमार्गमा राखिएको बम डिस्पोज गरियो

काभ्रे — बनेपा–६ बुडोलस्थित अरनिको राजमार्ग छेउमा राखिएको प्रेसरकुकर बम डिस्पोज गरिएको छ ।

धुलिखेलस्थित नेपाली सेनाको विष्णु दल गणको बम डिस्पोजल टोलीले बम डिस्पोज गरेको जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्रबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार शंकास्पद वस्तु फेला परेपछि केहीबेर अवरुद्ध यातायात सुरु भएको छ ।

यसैगरी बीपी राजमार्ग पर्ने रोशी–९ नार्केमा पनि सिलिन्डर विस्फोट गराइएको छ । टायर बालेर सिलिन्डर राखी पड्काइएको प्रहरीले जनाएको छ ।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले शनिबार आह्वान गरेको नेपाल बन्दको दिनमा सोही समूहको संलग्नता भएको प्रहरीको अनुमान छ । नेकपा सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला लगायतका नेता कार्यकर्ता पक्राउको विरोधमा बन्द गर्ने घोषणा गरेको थियो ।

प्रकाशित : माघ १०, २०७७ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?