कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मकवानपुरमा ३ जना फरार अभियुक्त पक्राउ

सुवास विडारी

मकवानपुर — जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्ला अदालतको फैसलालाई अटेर गरी फरार रहेका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

मकवानपुरमा ३ जना फरार अभियुक्त पक्राउ

जिल्ला अदालत मकवानपुरबाट भएको फैसला अनुसार कैद भुक्तान नगरी फरार रहेका तीजनालाई हेटौंडा उपमहानगरको विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । २०७२ माघ २८ गते लागूऔषध मुद्दामा ६ वर्ष कैद र दस हजार रुपैयाँ जरिवानाको फैसला गरेको हेटौंडा–१५ का ३३ वर्षीय राजकुमार वाइलाई प्रहरीले पक्राउ गरेको छ ।

बहुविवाह मुद्दामा जिल्ला अदालतबाट २०७५ पुस ६ गतेको फैसला अनुसार एक वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना तोकी फरार रहेका हेटौंडा–१५, शिखरपानीका ३३ वर्षीय हरि गोङ्वालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

लागूऔषध मुद्दामा एकमहिना ६ दिनको कैद र दुई हजार रुपैयाँको अदालतको फैसला अटेर गरी फरार रहेका हेटौंडा–१४ का २६ वर्षीया विजय रुम्बालाई पनि प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालतले उनीविरुद्ध २०५७ असार १३ गते फैसला गरेको थियो । उनीहरुलाई कैद भुक्तानका लागि भीमफेदी गाउँपालिकास्थित क्षेत्रीय कारागारमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : माघ ९, २०७७ २०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?