कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

हेटौंडा–कुलेखानी–फर्पिङ सडक २ महिनालाई बन्द

प्रताप विष्ट

हेटौंडा — हेटौंडाबाट काठमाडाैं प्रवेश गर्ने वैकल्पिक छोटो मार्ग २ महिना बन्द हुने भएको छ ।

हेटौंडा—भीमफेदी—कुलेखानी, फाखेल, सिस्नेरी—दक्षिणकाली फर्पिङ सडकको भीमफेदी—कुलेखानी सडक खण्डमा ढलान र कालोपत्रे गर्न लागेकाले माघ १० गतेदेखि चैत १० गतेसम्म सवारी साधन सञ्चालनमा रोग लगाएको हो ।

उक्त सडकको खण्डको भीमफेदीदेखि देउरालीसम्मको विभिन्न भागमा ढलान र देउरालीदेखि कुलेखानीसम्म कालोपत्रे गर्न लागेकाले २ महिना सवारीसाधन आवतजावत गर्न रोक लगाएको वाग्मती प्रदेश यातायात पूर्वाधार निर्देशनालयका निम्ति निर्देशक डा. सहदेव भण्डारीले बताए । 'साँघुरो र घुमाउरो उक्त सडक खण्डमा ढलान र कालोपत्रे गर्न सवारीसाधन बन्दै गर्नुपर्ने भएकाले आवतजावत गर्न रोक लगाएका हौं ।', उनले भने ।

वाग्मती प्रदेश यातायात पूर्वाधार निर्देशनालयले भीमफेदी—कुलेखानी सडक खण्डको स्तरोन्नति गरिरहेको छ । उक्त सडक खण्ड अत्यन्त जोखिमयुक्त भएकाले नालासहितको फराकिलो बनाउने कार्य प्रदेश सरकारले गर्दै आएको छ । उक्त छोटो मार्ग भएर हेटौंडा—काठमाडाैं दैनिक ८ सय भन्दाबढी हलुका सवारीसाधनहरु आवतजावत गर्नें गरेका छन् ।

वैकल्पिक मार्ग भएर आवतजावत गर्ने सवारी साधनहरुलाई त्रिभुवन राजपथ वा चितवन—मुग्लिन नौबिसे सडक प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ । कान्तिलोकपथ ललितपुरतर्फ अत्यन्त जोखिमयुक्त भएकाले प्रयोग नगर्नसमेत प्रहरीले आग्रह गरेको छ । कान्तिलोकपथमा सवारीसाधन सञ्चालन गर्न सवारी साधनहरुलाई परमिट पनि दिएको छैन ।

प्रकाशित : माघ ९, २०७७ २०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?