कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्ष भन्दै १५ लाख ठगी

काठमाडौँ — राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्ष भन्दै सर्वसाधारणबाट रकम असुली गरेको आरोपमा प्रहरीले संखुवासभाका ६० वर्षीय तुलसी थापालाई पक्राउ गरेको छ ।

राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्ष भन्दै १५ लाख ठगी

संखुवासभा पाँचखपन–५ खमारे घर भई चाबहिल बस्दै आएका थापालाई महानगरीय अपराध महाशाखाको टोलीले दरबारमार्गबाट पक्राउ गरेको हो ।

थापाले आफू मानवअधिकार आयोगको अध्यक्ष भएको र अमेरिकामा हुने कार्यक्रममा जाँदा ५ वर्षको मल्टिपल भिसा लगाइदिने प्रलोभन देखाएर एक युवाबाट १५ लाख रुपैयाँ असुलेका थिए ।

भिसा नलागेपछि ती युवाले महाशाखामा थापाविरुद्ध उजुरी दिएका थिए । थापालाई ठगीको कसुरमा कारबाही गर्न महाशाखाले महानगरीय प्रहरी परिसर काठमाडौंको जिम्मा लगाएको छ ।

महाशाखाका एक अधिकारीका अनुसार थापाले आफूलाई यसअघि पनि मानवअधिकार अभियन्ता, उपभोक्ता अधिकारवादीलगायत परिचय देखाएर दलाली र बिचौलियाको काम गर्ने गरेका थिए ।

प्रकाशित : माघ ८, २०७७ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?