कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक पक्राउ

बलराम घिमिरे

रसुवा — ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजना युवालाई पक्राउ गरेको छ ।

६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक पक्राउ

नुवाकोटको किस्पाङ गाउँपालिका घर भई हाल गोसाइकुण्ड गाउँपालिकामा बस्दै आएका २२ वर्षीय यमप्रासद भट्टराईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक इन्द्र सुवेदीले बताए ।

भट्टराईले ती बालिकालाई गत पुस १८ आफ्न‍ो कोठामा लगेर जबरजस्ती करणी गरेको पीडित परिवारले जनाएको छ । पीडित परिवारले पुस २५ गते मात्र प्रहरीमा उजुरी दिएका थिए ।

पक्राउ परेका ती युवालाई करणी सम्बन्धी कसुर मुद्दा दर्ता गरी जिल्ला अदालतबाट ३ दिनको म्याद थप गरी घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको डीएसपी सुवेदीले बताए ।

प्रकाशित : पुस २९, २०७७ १६:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?