१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

मकवानपुरमा नेकपा ओली समूहद्वारा नयाँ अध्यक्ष घोषणा

सुवास विडारी

मकवानपुर — नेकपा ओली समूहले एकालाल श्रेष्ठलाई अध्यक्ष चयन भएको घोषणा गरेको छ । शनिबार हेटौंडामा भएको ओली पक्षधरहरुको जिल्लास्तरीय कार्यकर्ता भेलामा जिल्ला सहइञ्चार्ज रामेश्वर रानाले केन्द्रीय सर्कुलर र जिल्लाको बैठकअनुसार अध्यक्षमा श्रेष्ठलाई चयन गरेको घोषणा गरेका थिए ।

मकवानपुरमा नेकपा ओली समूहद्वारा नयाँ अध्यक्ष घोषणा

ओली समूहले भेलाबाटै तत्कालीन नेकपा जिल्ला अध्यक्ष मुनु सिग्देल र सचिव प्रेमबहादुर पुलामीलाई अनुशासनको कारबाही गर्दै पार्टीबाट निष्कासन गरेको छ । सिग्देल र पुलामी दाहाल–नेपाल समूहका हुन् । उनीहरु दुवै प्रदेशसभा सदस्य छन् ।

दुवैले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन् । सिग्देल र पुलामी पार्टीविरुद्ध लागेको नेकपा ओली समूहको आरोप छ ।

कार्यकर्ता भेला कार्यक्रमका प्रमुख अतिथि उपप्रधानमन्त्री ईश्वर पोखरेल थिए ।

प्रकाशित : पुस २५, २०७७ १८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?