कालिञ्चोक घुम्न गएकी महिलाको मृत्यु

केदार शिवाकोटी

चरिकोट — कालिञ्चोक घुम्न पुगेकी एक महिलाको मृत्यु भएको छ ।

कालिञ्चोक घुम्न पुगेकी मकवानपुर फापरबारीकी ३३ वर्षीया सम्झना रोकामगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी कालिञ्चोक कुरी पुगेपछि अचानक बिरामी भएकी थिइन् । उनलाई तत्कालै चरिकोट ल्याइएको थियो । उनको मृत्यु हाईअल्टिच्युट र चिसोका कारण भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

मृत्युका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : पुस २५, २०७७ १४:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?