२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

दूधकोशी सामुदायिक अस्पताल सञ्चालनमा धुलिखेल अस्पतालको साथ

काभ्रे — विपन्न नागरिकलाई गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन स्थापना गरिएको दूधकोशी सामूदायिक अस्पतालबाट विशेषज्ञ सहितको चिकित्सकीय सेवा प्रवाह गर्न धुलिखेल अस्पतालले साथ दिने भएको छ । 

दूधकोशी सामुदायिक अस्पताल सञ्चालनमा धुलिखेल अस्पतालको साथ

सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका ६ मुक्लीमा निर्माणधीन ५० शय्याको दूधकोशी सामुदायिक अस्पतालबाट विशेषज्ञसहितको चिकित्सकीय सेवा प्रवाह गर्न धुलिखेल अस्पताल र थुलुङ दूधकोशी गाउँपालिकाबीच सम्झौता भएको हो ।

सम्झौतापत्रमा थुलुङ दूधकोशी गाउँपालिकाका अध्यक्ष असीम राई र धुलिखेल अस्पतालका प्रशासनिक निर्देशक डा. रमेश मकाजुले हस्ताक्षर गरेका छन् ।

‘अस्पताल निर्माण, दिगो सञ्चालन र विशेषज्ञ सहितको चिकित्सकीय सेवा प्रवाह गर्न धुलिखेल अस्पतालसँग सम्झौता गरिएको छ,’ गाउँपालिकाका अध्यक्ष राईले भने, ‘अब यहाँका जनता गुणस्तरीय स्वास्थ्य सेवाका लागि भौतारिनु पदैन, गाउँमै राजधानीकै सरह विशेषज्ञ स्वास्थ्य सेवा पाउनेछन ।’

धुलिखेल अस्पतालको साथपछि प्रदेशमै मातृशिशु र ट्रमा सेन्टरमा अस्पताल अब्बल बन्ने उनले दाबी गरे ।

प्रकाशित : पुस २२, २०७७ १२:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?