कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

द्वन्द्वकालमा रामेछापको बेथानमा मारिएकाको सालिक स्थापना

टीकाप्रसाद भट्ट

रामेछाप — तत्कालीन नेकपा (माओवादी)बाट भएको फौजी आक्रमणमा मारिएका ३ जना माओवादी कार्यकर्ताहरुको रामेछापको बेथानमा सालिक स्थापना गरिएको छ । 

द्वन्द्वकालमा रामेछापको बेथानमा मारिएकाको सालिक स्थापना

बेथान प्रहरी चौकी आक्रमणको २४ वर्षपछि स्थानीय पानीघाटमा तत्कालीन माओवादी कमाण्डर तीर्थ गौतम, दिलमाया बम्जन र फत्तबहादुर स्मालिमगरको अर्धकदको सालिक राखिएको हो । बेथान प्रहरी चौकी आक्रमणको क्रममा भिडन्तमा मारिएका उनीहरुको सालिक आइतबार अनावरण गरिएको छ ।

२०५२ साल फागुन १ गतेदेखि सुरु भएको सशस्त्र द्वन्द्वको पहिलो निसाना पश्चिम रामेछापको बेथान प्रहरी चौकी भएको थियो । उक्त आक्रमणमा २ जना प्रहरी मारिएका थिए । केही घण्टाको आक्रमणपछि माओवादीले चौकी कब्जा गरी हतियार र गोली कब्जामा लिएको थियो ।

बेथान घटनालाई माओवादीले विरता दिवसको रुपमा मनाउँदै आएको थियो । शान्ति स्थापनापछि पनि बेथानमा हरेक वर्ष स्मृति दिवस आयोजना हुँदै आएको छ ।

बेथानको पानीघाटमा तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयले स्मृति पार्क निर्माण थालेको थियो । पार्क पूरा नबन्दै मन्त्रालय खारेज भएपछि अलपत्र परेको निर्माण कार्य निर्वाचन क्षेत्र विकास कार्यक्रम र स्थानीय सरकारको सहयोगमा पूरा भएको हो । पार्कमा तीनैजनाको अर्धकदको सालिक राखिएको छ भने अन्य पूर्वाधारसमेत निर्माण भएका छन् ।

पानीघाटमा आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायण दाहाल, गंगा कार्की, देवशंकर पौडेल, श्यामकुमार श्रेष्ठ, युवराज चौलागाईं, धावा लामा, कमानसिं मोक्तानलगायतले बोलेका थिए । उनीहरुले बेथानमा बगेको रगतबाट प्राप्त उपलब्धिलाई प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमले खोस्ने प्रयत्न गरेको भन्दै त्यसविरुद्ध संघर्ष जारी रहने बताएका थिए ।

प्रकाशित : पुस १९, २०७७ २०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?