कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेकपा ओली समूहका केन्द्रीय सदस्यले लिए राजनीतिबाटै संन्यास

हरिहरसिंह राठौर

धादिङ — नेकपा ओली समूहका नवनियुक्त केन्द्रीय सदस्य एवं धादिङका अध्यक्ष नेत्र पौडेलले राजनीतिबाट संन्यासको घोषणा गरेका छन् ।आइतबार अपरान्ह सामाजिक संजाल फेसबुकमा मर्मस्पर्शी सन्देश लेख्दै पौडेलले अब आफूले राजनीतिक यात्रा छाडेको र सामाजिक काममा क्रियाशील भएर लाग्ने बताएका छन् ।

नेकपा ओली समूहका केन्द्रीय सदस्यले लिए राजनीतिबाटै संन्यास

पूर्वमाओवादी र पूर्व एमालेको एकताको दिनदेखि सुन्दर घर बनाउनको लागि खटिएको, बनेको घर एकतामा लाग्ने र घर बनाउन खट्नेहरुले नै भत्काइदिएको भन्दै उनले असन्तु्ष्टि पोखे ।

उनले संसद् विघटनको घोषणासँगै राजनीतिबाट संन्यास लिने निष्कर्षमा पुगेको बताएका छन् । राजनीतिमा आफूलाई फर्काउन आग्रह गरेर समयको बर्बादी नगर्नसमेत उनको अनुरोध छ ।

जिल्लामा त्यागि र सालिन नेताको छवि बनाएका पौडेल प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिन्छन् । गएको संसदीय चुनावताका चरम गुटबन्दीका कारण उनको प्रदेश सभाको टिकट खोसिएको थियो । धादिङको निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा १ बाट उनले पाएको प्रदेश सभाको टिकट माधव कुमार नेपाल निकटका राजेन्द्र पाण्डेलाइ छाड्नुपरेको थियो ।

पछि पूर्वमाओवादी र पूर्व एमालेबीचको एकतापछि समायोजनका क्रममा जिल्ला अध्यक्षको जिम्मेवारी पौडेललाई दिइएको थियो ।

प्रकाशित : पुस १२, २०७७ १८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?