१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

५६ वर्षपछि नुवाकोट अस्पतालमा आईसीयू

कृष्ण थापा

त्रिशूली — स्थापनाको ५६ वर्षपछि जिल्ला अस्पताल त्रिशूलीमा पहिलो पटक आईसीयू सेवा सञ्चालनमा आएको छ । अस्पतालमा दुईवटा भेन्टिलेटरसहित ६ बेडको आईसीयू र चार बेडको एचडीयू सेवा सुरु गरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. दीपेन्द्र पाण्डेले बताए । वाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङले आईसीयू सेवाको मंगलबार उद्घाटन गरेकी हुन् ।

५६ वर्षपछि नुवाकोट अस्पतालमा आईसीयू

अस्पतालले कोरोनाका गम्भीर बिरामीलाई प्राथमिकतामा राख्दै आईसीयू सेवा दिने जनाएको छ । अस्पतालमा श्वासप्रश्वास, मुटुको समस्या भएका बिरामी, अत्यधिक ज्वरो, मेनेन्जाइटिस, इन्सेफ्लाइटिस, सडक दुर्घटनाका घाइते, जटिल सुत्केरीलगायतलाई रेफर गरेर काठमाडौं जानुपर्ने बाध्यता हटेको मेसु पाण्डेले बताए । अस्पतालमा दैनिक साढे ३ सयभन्दा बढी बिरामी आउने गर्छन् । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय मातहतमा रहेको त्रिशूली अस्पतालमा कोरियन सहयोग संस्था (कोइका) को सहयोगमा ५० शय्याको सुविधासम्पन्न अस्पताल भवन बनेको छ । अस्पतालमा रसुवा, धादिङ र नुवाकोटका बासिन्दा उपचारका लागि आउने गर्छन् ।

प्रकाशित : पुस ७, २०७७ १७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?