कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

बलात्कार र हत्या आरोपित किशोर थुनामा

प्रताप विष्ट

हेटाैंडा — चार वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा जिल्ला अदालत मकवानपुरले एक किशोरलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । आरोपी १४ वर्षीय भएकाले जिल्ला न्यायाधीश कमलराज विष्टको इजलासले आइतबार हेटौंडा–११ थानाभर्‍याङस्थित बाल सुधारगृहमा राख्न आदेश गरेको हो ।

बलात्कार र हत्या आरोपित किशोर थुनामा

बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका किशोर हेटौंडा नजिकैको गाउँपालिकाका हुन् । मंसिर २ गते बुबाआमासँगै छिमेकीको पूजामा गएकी बालिकालाई ‘घर जाउँ’ भनी लगेर बलात्कारपछि ढुंगाले हिर्काएर हत्या गरेको खुलेपछि किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । मनसाही खोलाको बगरमा बलात्कार गरेको र त्यहीं हत्या गरेको अनुसन्धानमा खुलेको हो ।

बालिका हराएपछि खोज्ने क्रममा बगरमा रगताम्य अवस्थामा शव भेटिएको थियो । प्रहरीका अनुसार खोजतलासमा अघि सरेका ती किशोरले नै शव देखाएका थिए । ९ कक्षामा पढ्ने किशोर पछिल्लो समयमा लागूऔषध सेवन गर्न थालेको पनि खुलेको छ ।

प्रकाशित : मंसिर २९, २०७७ १८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?