३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

वायुगुठीका मोहीहरु आन्दोलित

हरिहरसिंह राठौर

धादिङ — तत्कालीन श्री ५ को वायुगुठी नाममा रहेको जग्गा भोग चलन गर्दै आएका धादिङ र गोरखाका १५ सय मोहीहरु आन्दोलित भएका छन् ।

वायुगुठीका मोहीहरु आन्दोलित

उनीहरू पूर्वराजाको नाममा राखिएको श्री ५ को वायुगुठीद्वारा शासित र पीडित रहेको जनाउदैं सोमवार यिनै पीडित स्थानीयले मालपोत कार्यालय धादिङमा घेराउ घरेका छन्। जिल्लाका नेत्रावती डब्जोङ–५ र नीलकण्ठ नगरपालिका–११ का स्थानीयमोहीहरुले यसरी मालपोत कार्यालय घेराउ गरेका हुन् ।

दुई पालिकाका दुई वडाका १५ सय घरधुरीका स्थानीय श्री ५ को वायुगुठीद्वारा पीडित रहेको जनाउदैं जिल्लाका अधिकांश गुठीहरू रैकर भै मोहिको नाममा दर्ता भैसकेको भए पनि साबिकका ज्यामरूङ र कटुन्जेका वायुगुठी भने रैकरमा परिणत नभएर विभिन्न वाधा अडचन आएको वताएका छन्

श्री ५ को वायुगुठीको समस्यालाई लिएर बर्षौंदेखी सदन, न्यायिक क्षेत्र र सडकमा समेत आवाज उठ्दै आइरहेको छ। तर लोकतान्त्रिक सरकारहरू गम्भीर नबन्दा जनताको समस्या ज्युँको त्युँ नै छ। गुठी संस्थानले वायु देवताको नाममा रहेको गुठी जग्गाको लागत संकलन गर्ने भने पनि कुनै काम हुन नसकेको गुठी समस्या समाधान संघर्ष समितिका अध्यक्ष ईश्वरी बहादुर लम्सालले वताए ।

वायु गुठीका मोहीहरुले मालपोत कार्यालय घेराउ गरे पछि भूमि व्यवस्था तथा अभिलेख विभागले सोमवारनै पत्र पठाई गुठी जग्गालाई रैकरमा परिणत गर्ने नीतिगत निर्णय गर्न केहि समय लाग्ने भएपनि साविक वमोजिमका श्रेस्ता, लालपुर्जा अनुसार धितो वन्धक राख्न पाउने, खरिद विक्री गर्न पाउने लगायतका कार्य गर्न पाउने कुनै वाधा अडचन नरहेको भन्दै सेवा सुविधा यथावत राख्ने उल्लेख गरेको छ ।

प्रकाशित : मंसिर २४, २०७७ २०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?