बलात्कार गरेको आरोपमा युवकलाई थुनामा राख्‍न आदेश

प्रताप विष्ट

हेटौंडा — जिल्ला अदालत मकवानपुरले बलात्कार गरेको आरोपमा एक युवकलाई पुर्पक्षका लागि थुनामा राख्‍न आदेश दिएको छ ।

बलात्कार गरेको आरोपमा युवकलाई थुनामा राख्‍न आदेश

जिल्ला न्यायाधीश दिल्लीरत्न श्रेष्ठको शुक्रबार बसेको इजलाशले स्थानीय २३ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा वाग्मती गाउँपालिकाका २४ वर्षीय दावा पाख्रिनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

आरोपीलाई क्षेत्रीय कारागार भीमफेदी पठाइएको छ । पाख्रिनले कात्तिक ५ गते घरमा कोही नभएको अवस्थामा युवतीलाई बलत्कार गरेको पीडितका परिवारले बताएका छन् ।

यसैबीच, मकवानपुरको मनहरी गाउँपालिकामा २ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले १९ वर्षीय हरिशरण गिरीलाई पक्राउ गरेको छ । बालिकालाई चकलेट दिन्छु भन्दै फकाएर जबरजस्ती करणी गरेको आरोपमा गिरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : मंसिर २०, २०७७ १५:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?