२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

गैंडा मुद्दाका फरार अपराधी १५ वर्षपछि पक्राउ

रमेशकुमार पौडेल

चितवन — गैंडा मारेको मुद्दामा जेल सजाय तोकिएका फरार अपराधी १५ वर्षपछि पक्राउ परेका छन् । २०६२ असारको घटनामा दोषी ठहरिएका सुरज चौधरीलाई चितवन निकुञ्जको टोलीले बिहीबार बिहान नियन्त्रणमा लिएको हो ।

गैंडा मारेको आरोपमा चितवन निकुञ्जले उनीविरुद्ध सोही वर्ष असोज १२ गते मुद्दा दायर गरेको थियो । दुई वर्षपछि ०६४ पुस २० मा मुद्दा फैसला हुँदा उनलाई १५ वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना तोकिएको थियो ।

उनी बिहीबार बिहान राप्ती नगरपालिकाको वीरेन्द्रनगर, खुरखुरेबाट समातिएको निकुञ्जका सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले जानकारी दिए । ३६ वर्षीय चौधरीको घर पश्चिम चितवनको दिव्यनगरमा पर्छ । गैंडा मरेपछि तत्काल तीन जना पक्राउ परेकामा उनीहरूले चौधरीले गोली हानेको बयान दिएका थिए ।

सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीका अनुसार चौधरी नेपाली सेनाका भगौडा सिपाही हुन् । साथीहरू समातिएपछि उनी भाग्दै र लुक्दै हिँडेका थिए । दिव्यनगरबाट उनी गुञ्जानगर र पछि खुरखुरे आएर बस्न थालेको अधिकारीले बताए । ‘परिवार सार्दै घरी कहाँ घरी कहाँ बस्ने गरेको बुझियो । यो बीचमा वैदेशिक रोजगारीका लागि कतार गएर तीनपटक आउ जाउ गरेको पनि खुलेको छ,’ उनले भने । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल गैंडासम्बन्धी मुद्दाका यस्ता फरार व्यक्ति एक सयको हाराहारीमा रहेको बताउँछन् ।

प्रकाशित : मंसिर १९, २०७७ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?