कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

२२ वर्षपछि आफ्नै भवनमा टोकरपुर प्रहरी 

टीकाप्रसाद भट्ट

रामेछाप — पश्चिमी रामेछापको इलाका प्रहरी कार्यालय टोकरपुर २२ वर्षपछि आफ्नो भवनमा फर्केको छ । साविकको कार्यालय भवन तत्कालीन माओवादीले २०५६ सालमा जलाएपछि भाडाको सानो घरमा कार्यालय सञ्चालन हुँदै आएको थियो ।

२२ वर्षपछि आफ्नै भवनमा टोकरपुर प्रहरी 

प्रदेश सरकारको करिब ३ करोडमा टोकरपुरको थामचौरमा निर्माण भएको इलाका प्रहरी कार्यालयको आधुनिक भवन सोमबार वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेलले उद्घाटन गरेका छन् । सोमबार देखि नै प्रहरीले उक्त भवनबाटै कार्य सञ्चालन गर्न थालेको हो ।

भवनको उद्घाटनको क्रममा मन्त्री जमरकट्टेलले प्रहरीलाई सुविधा सम्पन्न बनाउने घोषणा गरे । ‘अब कुनै पनि साधन स्रोतको अभाव प्रहरीले महसुस गर्नुपर्दैन,’ जमरकट्टेलले भने । उनले स्थानीय सरकारले समेत शान्ति सुरक्षाको क्षेत्रमा बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए । ‘शान्ति सुरक्षाको प्रत्याभुति केबल प्रहरीको मात्र काम हैन,’ जमरकट्टेलले भने,'स्थानीय सरकारले समेत शान्ति सुरक्षाको वातावरण बनाउनका लागि प्रहरीलाई सहयोग गर्नुपर्छ ।'

उनले आइतबार दोरम्बाको प्रहरी चौकीको समेत उद्घाटन गरेका थिए ।

टोकरपुर इलाका प्रहरी कार्यालयले जिल्लाकै दुर्गममा रहेको गौश्वारा, लखनपुर, गुन्सी, टोकरपुर, दोरम्बा, दिमीपोखरी लगायतको क्षेत्रलाई कार्यक्षेत्र बनाएर कार्य गर्दै आएको छ ।जिल्लामा ३ वटा इलाका प्रहरी कार्यालय मध्ये उक्त कार्यालय दुर्गममा पर्छ ।

प्रकाशित : मंसिर १५, २०७७ १४:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?