नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

नुवाकोट — तारकेश्वर गाउँपालिका ५ छागेखोलास्थित दानसिङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

आइतबार अपरान्ह बा २७ प ८६५८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट पल्टिँदा तारकेश्‍वर वडा न ६ डाँडाखर्कका ५५ वर्षीय रामबहादुर तामाङको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मोटरसाइकल दाङसिङबाट डाँडाखर्क जाँदै गरेको थियो ।

प्रकाशित : मंसिर १४, २०७७ २१:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?