१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

ठगी गर्ने कारागार चलान

कृष्ण थापा

नुवाकोट — गरगहना ठगी गरी फरार रहेका लिखुगाउँपालिका–१ घर भइ विदुरनगरपालिका–४ सुकुम्बासी टोल बस्दै आएका रोमन विश्वकर्मालाई पक्राउ गरी कारागार चलान गरिएको छ ।

कात्तिक १७ गते विश्वकर्माले विदुरनगरपालिका–१ त्रिशुलीबजार रत्नकाजी बज्रचार्य एण्ड सन्स सुनचाँदीको गहना बनाउने ज्वेलर्सबाट सुनको सिक्री, झुम्का मंगलसुत्र, फुली र चाँदीको ब्रासलेट गरी तीन लाख त्रिसठ्ठी हजार छ सय पचास बराबरको गरगहना ठगी गरी फरार रहेका थिए ।

प्रहरीले उनलाई पक्राउ गरी नुवाकोट जिल्ला अदालत समक्ष पेस गरेपछि ठगी कसुरमा थुनामा राख्ने आदेश दिएपछि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपी हरिबहादुर वलीले बताए ।

प्रकाशित : मंसिर १२, २०७७ १७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?