कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

भरतपुर अस्पतालमा थप दुई संक्रमितको मृत्यु

रमेशकुमार पौडेल

काठमाडौँ — चितवन– भरतपुरको सरकारी अस्पतालमा शुक्रबार बिहान दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

भरतपुर अस्पतालमा थप दुई संक्रमितको मृत्यु

अस्पताल प्रशासनका अनुसार मंसिर ५ देखि उपचाररत भरतपुर महानगरपालिका–१७ का ७७ वर्षीय पुरुषको बिहान सवा ५ बजे मृत्यु भएको छ । मंसिर ३ गते संक्रमण पुष्टि भए पनि उनी स्वास्थ्य अवस्था जटिल भएसँगै दुई दिनपछि मात्र अस्पताल आएका थिए ।

त्यसै गरी मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० की ५७ वर्षीया महिलाको पनि उपचारका क्रममा शुक्रबार बिहान ६ बजे मृत्यु भएको छ । अस्पतालका अनुसार मंसिर ८ गते कोरोना संक्रमण पुष्टि भएकी उनलाई स्वास्थ्यस्थिति बिग्रन थालेपछि ११ गते अस्पताल भर्ना गरिएको थियो ।

चितवन स्वास्थ्य कार्यालयका अनुसार बिहीबार दिउँसोसम्म जिल्लामा ८८ जनाको निधन भएको छ । यसमा चितवनबाहिरबाट उपचारका लागि ल्याइएकाहरूको संख्या जोडिएको छैन । कार्यालयको विवरण अनुसार जिल्लामा पछिल्लो समय संक्रमितहरूको संख्या घट्दो छ । बिहीबार दिउँसोसम्म जिल्लामा कुल संक्रमितको संख्या ५ हजार ६ सय ८३ पुगेको छ । निको हुन बाँकी रहेका संक्रमित ४ सय ८१ जना मात्र छन् । तीमध्ये ४ सय २७ जना घरमै र बाँकी संस्थागत आइसोलेसनमा छन् ।


प्रकाशित : मंसिर १२, २०७७ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?