सार्वजनिक जग्गा हडप्‍नेलाई मन्थली नगरपालिकाले कारबाही गर्ने

टीकाप्रसाद भट्ट

रामेछाप — सार्वजनिक जग्गामा संरचना निर्माण र खेती गर्नेलाई मन्थली नगरपालिकाले कारबाही गर्ने भएको छ ।

सार्वजनिक जग्गा हडप्‍नेलाई मन्थली नगरपालिकाले कारबाही गर्ने

नगरपालिकाको मुख्य क्षेत्रमा नै सार्वजनिक जग्गा हडपेर संरचना निर्माण र खेती गर्दै आउनेहरुको जग्गा एकिन गरी कारबाही थालिने भएको हो ।

नगर प्रमुख रमेशकुमार बस्नेतले नगर क्षेत्रका महत्वपूर्ण जग्गामा व्यक्तिले कब्जा जमाएको अवस्था अब चाँडै अन्त्य हुने बताए । ‘मैले यस अघि नै सार्वजनिक सूचना र सम्बन्धित व्यक्तिलाई पत्राचार गरीसकेको छु,’ बस्नेतले भने,'अटेर गरेर बस्नेलाई अब कारबाही हुन्छ ।' ऐलानी जग्गा जोतखन गरी खेती हुँदै आएकोमा अब उप्रान्त उक्त जग्गाजमिन सार्वजनिक हितको लागि प्रयोग गरिने नगर प्रमुख स्नेतले बताए ।

मन्थलीको बसपार्क क्षेत्रमा समेत सार्वजनिक जग्गामा रहेका घर टहरा यस अघि नै नगरपाकिलाले भत्काइसकेको छ । मन्थली बजार क्षेत्रमा रहेको फुटपाथलाई व्यापारिक सामाग्री राख्‍न निषेध गर्दै आएको नगरपालिकाले त्यसका विरुद्ध समेत अभियान थाल्ने जनाएको छ ।

प्रकाशित : मंसिर ९, २०७७ १७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?