नुवाकोटमा चन्द समूहका ३ जना जिल्लास्तरीय नेता पक्राउ

कृष्ण थापा

नुवाकोट — नेत्रविक्रम चन्द समूहका तीन जना जिल्लास्तरीय नेता पक्राउ परेका छन् । पक्राउ पर्नेमा सूर्य गढीगाउँपालिका २ का ४१ वर्षीय रामकुमार अधिकारी, ककनी गाउँपालिका ३ का ४३ वर्षीय शम्भुप्रसाद ढुंगाना र ४५ वर्षीय विनोद ढुंगाना रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

नुवाकोटमा चन्द समूहका ३ जना जिल्लास्तरीय नेता पक्राउ

विदुर नगरपालिका ४ बट्टार बजारमा शंकास्पद गतिविधि गरेर हिँड्डुल गरिरहेको अवस्थामा अधिकारीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीसँग सोधपुछ र खानतलासी गर्दा चन्दा रसिद, पार्टीको पर्चा र अन्य कागजात बरामद भएको छ ।

पर्चा पम्प्लेट वितरण गरी गाउँमै लुकिछिपी बसेको अवस्थामा ढुंगानाद्वयलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपी हरिबहादुर वलीले बताए । उनीहरुलाई प्रहरीले आइतबार राति १ बजे विशेष टोली परिचालन गरी पक्राउ गरेको जनाएको छ । उनीहरुमाथि आवश्यक कारबाहीका लागि कानुनी प्रक्रिया अगाडि बढाइएको छ ।

प्रकाशित : मंसिर ९, २०७७ १७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?