२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

वाग्मती प्रदेशमा कर्मचारी भर्ना सुरु

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेश सरकारले निजामती कर्मचारी भर्ना सुरु गरेको छ । देश संघीय संरचनामा गएसँगै पहिलो पटक प्रदेश लोकसेवा आयोगले स्थानीय तह र प्रदेशको दुईवटा मन्त्रालयका लागि सहायक चौथोस्तरको कर्मचारी माग गरिएको हो ।

वाग्मती प्रदेशमा कर्मचारी भर्ना सुरु

आयोग गठन भएको एकवर्षपछि आयोगले चारसय ६९ जना कर्मचारीका लागि विज्ञापन आह्वान गरेको हो । प्रदेशतहमा २०७६ मंसिर २ गते आयोग गठन भएको थियो भने माघ ५ गते आयोगले पूर्णता पाएको थियो । आयोगमा एक अध्यक्षसहित दुईजना सदस्य रहेका छन् । ‘आयोगले प्रदेशको स्थानीय तह र मन्त्रालयहरुलाई रिक्त रहेको दरबन्दी पदपूर्ति र बढुवाका रिक्त सूची माग गरेका थियौं । सोही अनुरुप पहिलो पटक ४४ वटा स्थानीय तह र दुईवटा मन्त्रालयका लागि कर्मचारी माग गरिएको हो ।’ आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले आयोगले वार्षिक पदपूर्ति तालिका नै निर्माण गरेर आफ्नो कार्यक्रम सञ्चालन गरेको हो ।

आयोगले प्रदेशका ११९ वटा स्थानीय तहमध्ये ४४ वटा र प्रदेशको सातवटा मन्त्रालयमध्ये दुईवटाका लागि कर्मचारी माग गरेको हो । ४४ वटा स्थानीय तहका लागि चारसय ४५, प्रदेशको सामाजिक विकास मन्त्रालयका लागि २० जना र भौतिक पूर्वाधार विकास मन्त्रालयलका लागि २ जना कर्मचारी माग गरिएको हो । संघीय सरकारको निजामती सेवा ऐनमा भएको व्यवस्था अनुसार कर्मचारी पदपूर्ति सुरु गरिएको र सेवासुविधा सोही अनुसार हुने श्रेष्ठले बताए ।

‘प्रदेशले निजामती ऐन र सेवासुविधा सम्बन्धि कानुन निर्माण गरेर लागू गरेपछि सोही अनुसार हुनेछ ।’, उनले थपे । संघीय सरकारले वाग्मती प्रदेशका लागि तीन हजार सातसय ६४ कर्मचारी दरबन्दी स्वीकृत गरेको छ । हाल करिब एकहजार कर्मचारी प्रदेश तहमा रिक्त रहेको छ । ‘स्थानीय तहमा कति कर्मचारी आवश्यक छ भन्ने अझै टुंगो लागेको छैन । सवै स्थानीय तहबाट कर्मचारी विवरण आएपछि सोही अनुसार विज्ञापन गर्नेछौं ।’, श्रेष्ठले भने ।

प्रकाशित : मंसिर ९, २०७७ १६:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?