कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

सिन्धुलीमा कोरोना परीक्षण सुरु

राजकुमार कार्की

सिन्धुली — सिन्धुलीमा आइतबारदेखि पीसीआर विधिबाट कोभिड–१९ को परीक्षण सुरु गरिएको छ ।

सिन्धुलीमा कोरोना परीक्षण सुरु

यसअघि कोरोनाको शंकास्पद बिरामीको स्वाब संकलन गरि पीसीआर परिक्षण गर्न हेटौंडा र धुलिखेल पुठाउनुपर्थ्यो ।

वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले सिन्धुली अस्पताललाई पीसीआर मेसिन दुई महिनाअघि सहयोग गरेसँगै जडान गरी परिक्षण सुरु गरिएको हो ।

सिन्धुली अस्पतालको मातहतमा रहने गरि कमलामाई नगरपालिका-६ शिवनगरमा मेसिन जडान गरि ल्याब सञ्चालनमा ल्याइएको हो । वाग्मती प्रदेश सरकारको एक करोड २५ लाखको लागत र सिन्धुली अस्पतालको १५ लाख बराबरको व्यवस्थापन खर्चमा उक्त ल्या‍ब सञ्चालनमा ल्याइएको अस्पताल विकास समितिका अध्यक्ष प्रल्हादकुमार पोखरेलले जानकारी दिए । प्रयोगशाला सञ्चालनका लागि ९ जना स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छ ।

सामाजिक विकास मन्त्री युवराज दुलालले कोभिड–१९ पीसीआर ल्याबको सदरमुकाम सिन्धुलीमाढीमा उद्घाटन गरेका छन् । १५ हजार प्रतिव्यक्ति लिएर सुरु भएको स्वाब परीक्षण एकहजार पाँचसयमा झरेको र आगमी दिनमा नि:शुल्क सेवा दिने प्रदेश रकारको योजना रहेको बताए ।

कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै वाग्मती प्रदेश सरकारले हेटौडा, काभ्रे, भक्तपुर, त्रिशुली र सिन्धुलीमा पीसीआर मेसिन जडान गरि सेवा दिएको उनले बताए ।

प्रकाशित : मंसिर ७, २०७७ १८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?