२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

सिन्धुलीमा ट्याक्टर दुर्घटना : चालकको मृत्यु

राजकुमार कार्की

सिन्धुली — सिन्धुलीको दुधौली नगरपालिका–५ सिर्थौलीमा शनिबार भएको ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ ।

सिन्धुलीमा ट्याक्टर दुर्घटना : चालकको मृत्यु

सिर्थौली नयाँटोलबाट छपाहातर्फ मल लिन जाँदै गरेको ना ५ त १९५१ नम्बरको खाली ट्याक्टर दुर्घटना हुँदा सिर्थौली–५ का २१ वर्षीय चालक वियसकुमार दनुवारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका चालक दनुवारको सिन्धुली अस्पतालमा ल्याउनासाथ मृत्यु भएको सिन्धुली प्रहरीका डीएसपी श्यामबहादुर खत्रीले जानकारी दिए ।

प्रकाशित : मंसिर ६, २०७७ १२:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?