कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

रामेछापमा देउसी भैलो खेल्न रोक

टीकाप्रसाद भट्ट

रामेछाप — तिहारको अवसरमा रामेछापमा देउसी भैलो खेल्नका लागि स्थानीय प्रशासनले प्रतिबन्ध लगाएको छ । 

रामेछापमा देउसी भैलो खेल्न रोक

जिल्ला प्रशासन कार्यालय रामेछापले सूचना जारी गरी उक्त कार्यलाई निषेध गर्ने जनाएको हो । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माद्वारा जारी सूचनामा पटका, आतसबाजीलगायत विस्फोटक पदार्थको आयात, सञ्चय र प्रयोग तथा जुवातास खेल्ने र खेलाउने कार्यमा समेत निषेध गरिएको उल्लेख छ ।

जिल्लामा कोभिड–१९ को संक्रमणको दर बढिरहेको सन्दर्भमा प्रजिअ शर्माले चाडपर्व मनाउँदा जो जहाँ छ, त्यही मनाउनका लागि आग्रह गरिएको छ । यसैगरी मेला महोत्सव, जात्रा, खेलकुद र धार्मिक कार्यक्रममा समेत भिडभाड र जमघट र मदिराको बेचविखन र सेवन बेलुका ८ बजेपछि नगर्नसमेत सूचनामा आग्रह गरिएको छ ।

सूचनाको बर्खिलाप गरेमा स्थानीय प्रशासन ऐन २०२८ र संक्रमण ऐन २०२० बमोजिम कारबाही गर्ने चेतावनीसमेत दिइएको छ ।

प्रकाशित : कार्तिक २७, २०७७ १५:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?