२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

नुवाकोटमा मंगलबार रातिदेखि निषेधाज्ञा

कान्तिपुर संवाददाता

काठमाडौँ — वाग्मती प्रदेशको नुवाकोटमा स्थानीय प्रशासनले मंगलबार रातिदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । काठमाडौंका अस्पताल संक्रमितले भरिएको, आईसीयू तथा भेन्टिलेटर सेवा पर्याप्त नभएको बताउँदै प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले संक्रमणले जटिल परिस्थिति सिर्जना गरेकाले निषेधाज्ञा जारी गर्नुपरेको बताए ।

नुवाकोटमा मंगलबार रातिदेखि निषेधाज्ञा

जिल्लामा खेलकुद, नाच, मेला, देउसीभैलो तथा भीडभाडमा रोक लगाइएको छ । जात्रा, महोत्सव, भोजभतेर, हाटबजार, भेला, सभा, जुलुस वा प्रदर्शनजस्ता कार्यमा समेत रोक लगाइएको प्रजिअ ढकालले बताए ।

मन्दिर, गुम्बा, चैत्य, विहार, मस्जिद, चर्च आदिमा सामूहिक भेला हुन, सामूहिक रूपमा आश्रय लिई बस्न, सम्मेलन तथा जमघटका कार्यक्रम नगर्न भनिएको छ ।

प्रकाशित : कार्तिक २४, २०७७ २१:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?