२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

चोरी मुद्दाका फरार अभियुक्त साढे ३ वर्षपछि पक्राउ

कृष्ण थापा

नुवाकोट — चोरी मुद्दामा अदालतबाट फैसला भई फरार रहेका एक अभियुक्तलाई पक्राउपछि कारागार चलान गरिएको छ । सूर्य गढीगाउँपालिका ३ का रमेश तामाङलाई सोमबार जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेर नुवाकोट अदालतमा बुझाएको थियो । निज तामाङलाई अदालतले सोमबार कारागार चलान गरेको छ । 

चोरी मुद्दाका फरार अभियुक्त साढे ३ वर्षपछि पक्राउ

नुवाकोट जिल्ला अदालतको गत ०७३ फागुन ११ गते रहजनी चोरी मुद्दामा दोषी ठहरिई १२ वर्ष २ महिना कैद र १ लाख २२ हजार १ सय ६८ रुपैयाँ जरिवानाको फैसला गरेको थियो । अदालतको फैसलालगत्तै निज तामाङ फरारको जिल्ला प्रहरी कार्यालयका डिएसपी तथा सूचना अधिकारी हरिबहादुर ओलीले बताए ।

प्रहरी टोलीले सोमबार पक्राउ गरी नुवाकोट अदालत पेस गरेपछि निजलाई अदालतले कैद भुक्तानका लागि कारागार चलान गर्न आदेश दिएको थियो ।

प्रकाशित : कार्तिक २४, २०७७ १९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?