१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

हत्या आरोपमा एक जना पक्राउ

सुवास विडारी

मकवानपुर — मकवानपुरको बकैया गाउँपालिका–४ नयाँ दमारका २१ वर्षीय विकास वाइबाको हत्या गरेको आरोपमा प्रहरीले सोही स्थानका भीमराज भोलनलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार उनी घटनापछि फरार भएका थिए ।

भोलनलाई शनिबार मकवानपुर र ललितपुरको सिमाना वाग्मती गाउँपालिका–२, माल्टाबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए । भोलनले शुक्रबार दिउँसो वाइबाको हत्या गरेका थिए । ‘प्रहरीले उनलाई २४ घण्टाभित्र पक्राउ गरेर सार्वजनिक गर्न सफल भएको छ,’ राठौरले भने ।

प्रहरीका अनुसार धुम्रपान गर्ने निहुँमा विवाद हुँदा भोलनले वाइबालाई खुकुरीले प्रहार गरेका थिए । भोलन लागुऔषध सेवनकर्ता समेत हुन् । ‘उनीसँग गाउँले असाध्यै त्रस्त रहेछन् । गाउँलेलाई भनिस् भने मार्छु भन्दै धम्क्यएर भागेका रहेछन्,’ राठौरले भने ।

प्रकाशित : कार्तिक २३, २०७७ १२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?