१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पत्रकार बर्माको निधन

हरिहरसिंह राठौर

धादिङ — विगत ३० वर्षदेखि पत्रकारितामा संलग्न सीताराम बर्माको शुक्रबार बिहान निधन भएको छ । गत कात्तिक १ गते कोरोना संक्रमणकै कारण श्रीमती गुमाएका बर्माको ७९ वर्षको उमेरमा बिहान ६ बजे ग्वार्कोस्थित किस्ट अस्पतालमा निधन भएको हो ।

पत्रकार बर्माको निधन

बर्मासहित परिवारका ५ जना सदस्यलाई कोरोना संक्रमण देखा परेपछि गत तीन सातादेखि उपचारका लागि किस्ट अस्पतालमा भर्ना गरिएकाे थियाे । पत्रकार बर्माकाे कोरोना रिपार्ट नेगेटिभ आएपनि स्वास्थ्य अवस्था सुधार भने भएको थिएन । बर्मा उच्च रक्तचाप र निमोनियाबाट पीडित थिए ।

पूर्व कान्तिपुरकर्मी समेत रहेका बर्मा विगत २९ वर्षदेखि राष्ट्रिय समाचार समितिको जिल्ला संवाददाता थिए । नेपाल पत्रकार महासंघ धादिङका संस्थापक सभापति बर्माले नेपाल प्रेस काउन्सिलबाट प्रेस स्वतन्त्रता सेनानी सम्मान पाएका थिए ।

बर्माको निधनप्रति नेपाल पत्रकार महासंघ, केन्द्रिय कार्य समिति जिल्ला, नेपाल प्रेस युनियनले दु:ख व्यक्त गरेका छन् ।

प्रकाशित : कार्तिक २१, २०७७ १४:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?