२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

वाग्मतीका मुख्यमन्त्री पौडेल कोरोना मुक्त

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । कोरोना पुष्टि भएको १० दिनपछि मुख्यमन्त्री पौडेल कोरोना मुक्त भएका हुन् । कात्तिक १५ शनिबार काभ्रेको धुलिखेलमा पुनः स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो । 

वाग्मतीका मुख्यमन्त्री पौडेल कोरोना मुक्त

पौडेलको कात्तिक ६ मा हेटौंडा– १० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक प्रयोगशालामा कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । उनलाई गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्र बाँसबारीमा उपचाररत थिए ।

मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालका अनुसार पौडेल कोरोना मुक्त भएपनि गंगालालमा उपचार भइरहेको छ । उनको स्वास्थ्यमा समस्या नरहेको उनले बताए ।

मधुमेहका बिरामी मुख्यमन्त्री पौडेलको जेठ महिना गंगालालमै मुटुको शल्यक्रिया गरिएको थियो । कोरोना संक्रमण भएर होम आइसोलेसनमा रहेका उनलार्ई थप उपचारका नेपाली सेनाको हेलिकोप्टरमार्फत कात्तिक ७ मा काठमाडौं लगिएको थियो ।

मुख्यमन्त्री पौडेलसँगै पौडेलकी श्रीमती विजया पौडेल, एक सुरक्षाकर्मी, दुई चालक र एक कार्यालय सहयोगीलाई पनि कोरोना संक्रमण भएको थियो ।

मुख्यमन्त्रीकी श्रीमती पौडेलको पुनः परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ नै आएको बताइएको छ । सुरक्षाकर्मी, चालक र कार्यालय सहयोगी भने आइसोलेसनमै छन् ।

प्रकाशित : कार्तिक १६, २०७७ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?