२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

चितवन मेडिकल कलेजमा दुई कोरोना संक्रमितको मृत्यु

रमेशकुमार पौडेल

चितवन — कोरोना भाइरसको संक्रमण पुष्टि भएर चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचार गराइ रहेका दुई जनाको शुक्रबार बिहान मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजमा दुई कोरोना संक्रमितको मृत्यु

अस्पतालका निर्देशक प्रा.डा.दयाराम लम्सालले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख भए अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका–७ का ७० वर्षीय पुरुष र राप्ती नगरपालिका–५ की ८४ वर्षीया महिला रहेका छन् ।

भरतपुरका ७० वर्षीय पुरुष मृगौला रोग र श्वासप्रश्वासको समस्या भएका कारण कात्तिक २ गते अस्पताल भर्ना भएका थिए । उनमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । उच्च रक्तचापको पनि समस्या देखिएका उनको आज शुक्रबार बिहान ८ बजेर ४४ मिनेट जाँदा मृत्यु भएको अस्पतालले जनाएको छ । राप्ती–५ की महिला उच्च ज्वरो र स्वासप्रस्वासको समस्याका कारण कात्तिक ५ गते अस्पताल आएकी थिइन् ।

उनमा कोरोना संक्रमण भएको कात्तिक ६ गते बिहीबार पुष्टि भएको थियो । शुक्रबार बिहान सबेरै ४ बजेर १९ मिनेट जाँदा उनको मृत्यु भएको अस्पतालले जानकारी गराएको छ । उनमा रक्तचापका साथै बाथ र निमोनियाको पनि समस्या थियो । योसँगै कोरोना भाइरसको संक्रमण पुष्टि भएकामध्ये चितवनका ४९ जनाको मृत्यु भएको छ । चितवन स्वास्थ्य कार्यालयले दिएको विवरण अनुसार शुक्रबार दिउँसोसम्म कुल संक्रमितको संख्या ३ हजार ६९० पुगेको छ । निको हुन बाँकी संक्रमित १ हजार ५ सय ४६ छन् ।

प्रकाशित : कार्तिक ७, २०७७ १७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?