३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

नुवाकोट जिल्ला अस्पतालमा पीसीआर ल्याब

कान्तिपुर संवाददाता

नुवाकोट — कोभिड–१९ परीक्षणका लागि जिल्ला अस्पतालमा पीसीआर प्रयोगशाला (ल्याब) स्थापना गरिएको छ । बिहीबार संघीय सांसद हितबहादुर तामाङले ल्याबको उद्घाटन गरे । अब नुवाकोट, रसुवा र धादिङ जिल्लाका कोरोना संक्रमितको स्वाब परीक्षण गर्न काठमाडौं वा धुलिखेल पठाउनुपर्ने छैन ।

नुवाकोट जिल्ला अस्पतालमा पीसीआर ल्याब

संघीय सांसद नारायणप्रसाद खतिवडाको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममार्फत ल्याब स्थापना गरिएको अस्पताल विकास समितिले जनाएको छ ।

पीसीआर मेसिन वाग्मती प्रदेशकै उच्चस्तरीय भएको प्रादेशिक प्रयोगशालाका निर्देशक नारायणकाजी कार्कीले दाबी गरे । प्रदेश उपसभामुख राधिका तामाङले सबैको पहलमा ल्याब स्थापना भएकाले नि:शुल्क स्वाब परीक्षण हुने बताइन् । उक्त पीसीआर मेसिनले एक पटकमा ९६ जनाको स्वाब परीक्षण गर्न सक्छ । रिपोर्ट पनि २४ घण्टामै दिन सकिने त्रिशूली अस्पताल विकास समितिका अध्यक्ष अर्जुन न्यौपानेले बताए ।

विदुर नगरपालिकाले असोज १५ मा पीसीआर मेसिन खरिद गरी त्रिशूली अस्पताललाई दिएको थियो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुदेव पोखरेलका अनुसार मेसिनको मूल्य भ्याटसहित ८६ लाख रुपैयाँ परेको छ ।

प्रकाशित : कार्तिक ६, २०७७ १९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?