२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

भरतपुर अस्पतालमा थप एक संक्रमितको मृत्यु

रमेशकुमार पौडेल

चितवन — कोरोना संक्रमणपछि उपचार हुँदै गरेका थप एक जनाको बिहीबार बिहान भरतपुरको सरकारी अस्पतालमा मृत्यु भएको छ ।

भरतपुर अस्पतालमा थप एक संक्रमितको मृत्यु

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार मृत्यु हुनेमा पुर्वी चितवनको रत्ननगर नगरपालिका–१३ का ८५ वर्षीय पुरुष छन् । ज्वरो र खोकीको समस्या भएपछि उनी मंगलबार अस्पताल भर्ना भएका थिए । बुधबार उनमा संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्यस्थिति जटिल हुँदै गएपछि बुधबारदेखि अस्पतालले उनलाई एचडीयूमा राखेर अक्सिजनको सहयोगमा उपचार गराइरहेको थियो । कोभिड–१९ निमोनियाका कारणले उनको बिहीबार बिहान ८ बजेतिर निधन भएको सूचना अधिकारी पौडेलले जानकारी दिए । यसअघि बिहीबार बिहान सवा ६ बजे हेटौंडा बस्ने ३३ वर्षीया गर्भवतीको कोरोनाका कारणले मृत्यु भएको थियो ।

कोरोनाका कारण चितवनका मात्रै अहिलेसम्म ४६ जनाको निधन भएको छ । चितवन स्वास्थ्य कार्यालयका अनुसार बुधबार दिउँसोसम्म चितवनमा संक्रमितको संख्या ३ हजार ४ सय ९५ पुगेको छ । निको हुन बाँकी एक हजार ४ सय १५ जना छन् ।

प्रकाशित : कार्तिक ६, २०७७ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?