३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

भरतपुर अस्पतालमा कोरोना संक्रमित गर्भवतीको मृत्यु

रमेशकुमार पौडेल

चितवन — कोरोना संक्रमण पुष्टि भएकी ३३ वर्षीया गर्भवतीको बिहीबार बिहान भरतपुरको सरकारी अस्पतालमा निधन भएको छ ।

भरतपुर अस्पतालमा कोरोना संक्रमित गर्भवतीको मृत्यु

भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार तनहुँको शुक्लगण्डकी नगरपालिका स्थायी ठेगाना भई हेटोंडा–५ बस्दै आएकी ती महिला असोज ३० गते भरतपुर अस्पतालको आइसोलेसनमा भर्ना भएकी थिइन् ।

खोकी र श्वासप्रश्वासको समस्यासहित अस्पताल आएकी उनमा त्यसै दिन संक्रमण पुष्टि भएको थियो । ती महिला ३७ साताकी गर्भवती रहेको अस्पतालले जनाएको छ । स्वास्थ्यस्थिति जटिल हुँदै गएपछि उनलाई बुधबार भेन्टिलेटरमा राखिएको थियो । बिहीबार बिहान सवा ६ बजे महिलाको निधन भएको अस्पतालले जनाएको छ ।



प्रकाशित : कार्तिक ६, २०७७ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?