कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

रत्‍ननगरका कोरोना संक्रमित ४० वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा मृत्यु

रमेशकुमार पौडेल

चितवन — चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको बुधबार मृत्यु भएको छ ।

रत्‍ननगरका कोरोना संक्रमित ४० वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा मृत्यु

अस्पतालका निर्देशक प्राडा दायाराम लम्सालका अनुसार पूर्वी चितवनको रत्ननगर नगरपालिका–१३ का ४० वर्षीय पुरुषको दिउँसो साढे चार बजे मृत्यु भएको हो ।

उनी असोज २३ मा ज्वरो तथा निमोनियाको समस्या लिएर अस्पताल भर्ना भएका थिए ।सोही दिन उनमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको थियो ।

ती पुरुष क्यान्सर रोगको पनि उपचार गराइरहेको अस्पतालले जनाएको छ । अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो ।

योसहित कोरोना भाइरसको संक्रमण पुष्टि भएका चितवनका ४५ जनाको मृत्यु भएको छ । चितवन स्वास्थ्य कार्यालयका अनुसार बुधबार दिउँसोसम्म चितवनमा संक्रमितको संख्या तीन हजार ४९५ पुगेको छ । निको हुन बाँकी एक हजार ४१५ जना छन् ।

प्रकाशित : कार्तिक ५, २०७७ २०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?