२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

मकवानपुरमा कोरोना संक्रमित बोक्ने एम्बुलेन्स चालकलाई थप प्रोत्साहन भत्ता

सुवास विडारी

मकवानपुर — कोरोना संक्रमितलाई अस्पताल ल्याउने–लैजाने मकवानपुरका एम्बुलेन्स चालकलाई थप प्रोत्साहन भत्ता दिइने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको अध्यक्षतामा बसेको जिल्ला एम्बुलेन्स सञ्चालन तथा समन्वय समितिको बैठकले कोरोनाका बिरामी बोकेबापत थप प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो । 

मकवानपुरमा कोरोना संक्रमित बोक्ने एम्बुलेन्स चालकलाई थप प्रोत्साहन भत्ता

मकवानपुरबाट काठमाडौं बिरामी लिएर जाने चालकले थप एक हजार रुपैयाँ र चितवन जाने चालकले ५ सय रुपैयाँ साबिकको भाडादरमा थप गरी लिने सक्ने प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए ।

थपिएको प्रोत्साहनबापतको रकम कोरोनाका बिरामी बोकेका एम्बुलेन्स चालकले मात्र लिन पाउनेछन् । साबिककै भाडादर कायम रहने गरी कोरोनाका बिरामी बोकेबापत चालकले थप प्रोत्साहन भत्ता भाडादरमा जोडेर लिन पाउने निर्णय गरिएको हो । मकवानपुरमा ३१ वटा एम्बुलेन्स सञ्चालनमा छन् ।

बैठकको निर्णयअनुसार अब हेटौंडाबाट काठमाडौं ७ हजार ५ सय, चितवनको ३ हजार, वीरगन्जसम्मको २ हजार, हेटौंडा बजार चार किल्लाभित्र ३ सय र नगरबाहिर ३ सयसहित प्रतिकिलोमिटर २५ रुपैयाँ भाडादर निर्धारण गरिएको छ ।


प्रकाशित : कार्तिक ५, २०७७ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?