कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सर्पले टोकेपछि अस्पताल गएकामा कोरोना पुष्टि, उपचारका क्रममा मृत्यु

रमेशकुमार पौडेल

चितवन — सर्पले डसेर उपचार गराउन चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा भर्ना भएका एक जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पनि पुष्टि भएको छ । उपचारको क्रममा मंगलबार बिहान उनको मृत्यु भएको छ।

सर्पले टोकेपछि अस्पताल गएकामा कोरोना पुष्टि, उपचारका क्रममा मृत्यु

अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार नवलपरासी पूर्व (नवलपुर) गैंडाकोट नगरपालिका–७ का ५० वर्षीय पुरुष असोज १७ गते सर्पले टोकेर उपचारका लागि आएका थिए ।

परीक्षणपछि उनमा असोज १८ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको डा. लम्सालले जानकारी दिए । अस्पतालको कोभिड आईसीयूमा उपचार गराइरहेका उनको मंगलबार बिहान ९ बजेर ५६ मिनेटमा मृत्यु भएको हो ।

प्रकाशित : कार्तिक ४, २०७७ १४:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?