कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

नुवाकोटमा पहिलो पटक कोरोना संक्रमितको मृत्यु

कृष्ण थापा

नुवाकोट — जिल्लामा पहिलो पटक कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । शिवपुरी गाउँपालिका–४ सिरेनीकी ६१ वर्षीया वृद्धाको कोरोना संक्रमणबाट ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सागरप्रसाद घिमिरेले बताए।

नुवाकोटमा पहिलो पटक कोरोना संक्रमितको मृत्यु

उनी काठमाडौंको एक अस्पतालमा उपचारपछि बिहीबार घर फर्किएर होम आइसोलेसनमा बसेकी थिइन् । शुक्रबार कोरोना परीक्षणको रिपोर्ट पाजिटिभ आएको थियो । उनको शनिबार दिउँसो मृत्यु भएको थियो ।

उनको शव शिवपुरीगाउँगालिकाले तोकिएको स्थानमा नेपाली सेना जबरजंग गणले शनिबार राति नै व्यवस्थापन गरेको छ । महिला क्यान्सर र दम रोगी थिइन् । उनको घर सदुरमुकाम विदुरबाट ५८ किमी पूर्वी भेगमा रहेको छ ।

प्रकाशित : कार्तिक २, २०७७ १२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?