नुवाकोटमा पहिलो पटक कोरोना संक्रमितको मृत्यु
नुवाकोट — जिल्लामा पहिलो पटक कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । शिवपुरी गाउँपालिका–४ सिरेनीकी ६१ वर्षीया वृद्धाको कोरोना संक्रमणबाट ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सागरप्रसाद घिमिरेले बताए।
उनी काठमाडौंको एक अस्पतालमा उपचारपछि बिहीबार घर फर्किएर होम आइसोलेसनमा बसेकी थिइन् । शुक्रबार कोरोना परीक्षणको रिपोर्ट पाजिटिभ आएको थियो । उनको शनिबार दिउँसो मृत्यु भएको थियो ।
उनको शव शिवपुरीगाउँगालिकाले तोकिएको स्थानमा नेपाली सेना जबरजंग गणले शनिबार राति नै व्यवस्थापन गरेको छ । महिला क्यान्सर र दम रोगी थिइन् । उनको घर सदुरमुकाम विदुरबाट ५८ किमी पूर्वी भेगमा रहेको छ ।
प्रकाशित : कार्तिक २, २०७७ १२:१४प्रतिक्रिया