२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

धादिङमा कोरोना संक्रमणबाट थप १ को मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — धादिङमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । त्रिपुरा सुन्दरी गाउँपालिका २ का ४५ वर्षीय पुरुषको शनिबार मृत्यु भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

धादिङमा कोरोना संक्रमणबाट थप १ को मृत्यु

यो सँगै धादिङमा कारोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा धादिङमा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमिहरु गल्छी गाउँपालिकाका १८ जना, त्रिपुरा सुन्दरी गाउँपालिकाका ८ जना, नीलकण्ठ नगरपालिकाका ८ जना, ज्वालामुखी गाउँपालिकाका ४ जना, सिद्धलेक गाउँपालिकाका ३ जना, थाक्रे गाउँपालिकाका ३ जना, गजुरी गाउँपालिकाका १ जना र धुनिबेंसी नगरपालिकाका १ जना गरी ४६ जना रहेका छन् ।

संक्रमितहरुमा ५ वर्षदेखि ७० वर्ष उमेर समूहका रहेको स्वास्थ्य कार्यालय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले जानकारी दिए । यो सँगै धादिङमा जम्मा संक्रमितको संख्या ८ सय ३६ पुगेको छ । संक्रमितमध्ये ४ सय २२ जना निको भएका हेल्थ असिस्टेन्ट रिजालले जनाएका छन् ।

प्रकाशित : कार्तिक १, २०७७ १९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?