कोरोनाबाट हेटौंडाका दुई वृद्धको मृत्यु

प्रताप विष्ट

हेटौडा — हेटौंडा उपमहानगरपालिका—९ का कोरोना संक्रमित दुई जना वृद्धको बुधबार राति मृत्यु भएको छ । एक जनाको चितवनस्थित मेडिकल कलेजमा र अर्का एक जनाको घरमै मृत्यु भएको वडाध्यक्ष लक्षमणप्रसाद भण्डारीले वताए । उनका अनुसार बुधबार साँझ ७७ वर्षीय वृद्धको घरमै मृत्यु भएको हो भने ६८ वर्षीय पुरुषको चितवनस्थित चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

कोरोनाबाट हेटौंडाका दुई वृद्धको मृत्यु

चितवनमा मृत्यु हुने वृद्धको कोरोना संक्रमण पुष्टि भएर उपचारको क्रममा मृत्यु भएको र अर्का वृद्धको भने स्वाब परीक्षणका लागि बुधबार बिहानै पठाइएको भए पनि मृत्युपछि मात्रै सङ्क्रमण पुष्टि भएको हो ।

बिरामी भएर घरमै रहेका वृद्धको छोरामा कोरोना संक्रमण पुष्टि भएकोले स्वास्थ्यमा समस्या देखिएपछि बुधबार बिहानै स्वाब संकलन गरिएको वडा अध्यक्ष भण्डारीले बताए । मृत्यु भएपछि मात्रै वृद्धमा कोरोना संक्रमण पुष्टि भएको जानकारी आयो ।

मकवानपुरमा यी दुई वृद्धसहित कोरोना संक्रमणबाट १९ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा ६ जना महिला र १३ पुरुष रहेका छन् । तीमध्ये ५ दिनको बालिका पनि कोरोना संक्रमणले मृत्यु भएको स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले बताए ।

प्रकाशित : आश्विन २९, २०७७ १५:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?