कोरोना नियन्त्रणमा वाग्मती प्रदेशको ४८ करोड खर्च- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना नियन्त्रणमा वाग्मती प्रदेशको ४८ करोड खर्च

सुवास विडारी

हेटौंडा — वाग्मती प्रदेश सरकारले कोरोना भाइरस महामारीको रोकथाम तथा नियन्त्रणका लागि हालसम्म ४८ करोड २८ लाख रुपैयाँ खर्च गरेको छ ।

त्यसमध्ये १३ करोड ६७ लाख रुपैयाँ कोरोना नियन्त्रणमा खर्च गर्न स्थानीय तहहरुलाई निकासा गरिएको हो भने बाँकी ३४ करोड ६१ लाख रुपैयाँ प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत् विभिन्न शीर्षकमा खर्च गरिएको हो ।

गत असार मसान्तसम्ममा कोरोना रोकथाम तथा नियन्त्रणमा प्रदेशको सामाजिक विकास मन्त्रालयबाट १८ करोड ८० लाख रुपैयाँ खर्च भएकोमा साउनयता ३ महिनाको अवधिमा थप १५ करोड ८१ लाख रुपैयाँ खर्च गरेको तथ्यांकमा उल्लेख छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार स्थानीय तहहरुलाई निकासा गरिएको १३ करोड ६७ लाख रुपैयाँको खर्चको अवस्थाबारे भने रिपोर्ट आइसकेको छैन । प्रदेशले महानगरपालिकालाई ६० लाख, उपमहानगरपालिकालाई १५ लाख, नगरपालिकालाई १२ लाख, गाउँपालिकालाई ८ लाख र जिल्ला विपद् व्यवस्थापन समितिलाई ५ लाखका दरले रकम निकासा गरेको थियो ।

प्रदेशको मुख्यन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका योजना महाशाखाका अधिकृत रमेश सुवेदीका अनुसार प्रदेश सरकारले ४० लाख रुपैयाँ हालेर सुरु गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोष खडा गरेको थियो । उक्त कोषमा ४४ करोड ४० लाख रुपैयाँ जम्मा भएकोमा सोही कोषबाट मात्र २९ करोड ४८ लाख रुपैयाँ खर्च भएको हो ।

कोरोना कोषमा विभिन्न निकायका पदाधिकारी र कर्मचारीले गरी २ करोड २२ लाख ४३ हजार र बैंक तथा संघसंस्थाबाट १ करोड ९७ लाख २ हजार रुपैयाँ जम्मा भएको थियो । अब कोरोना कोषमा १४ करोड ९३ लाख २४ हजार रुपैयाँ मात्र बाँकी रहेको छ ।

वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार बुधबार साँझसम्म प्रदेशमा कोरोना संक्रमितको संख्या ५५ हजार ९ सय ९९ पुगेको छ । वाग्मतीमा अहिलेसम्म ३२ हजार १ सय २७ जना निको भएका छन् भने २३ हजार ५ सय ७८ जना उपचारमै रहेका छन् । वाग्मतीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ९४ पुगेको छ ।

प्रकाशित : आश्विन २९, २०७७ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्

रायमाझीलाई कीर्ति हिरोज उपाधि

कान्तिपुर संवाददाता

काठमाडौँ — रायमाझीले नेपालको काभ्रेमा परिवार नियोजनका सेवा प्रदान गरिरहेकी छन् ।

सुनौलो परिवार नेपाल र मेरी स्टोप्स नेपालकी सेवा प्रदायक लक्ष्मी रायमाझीलाई बिल गेट्सको गेट्सनोट्समा कोभिड–१९ महामारीमा कीर्ति वर्णन नगरिएका सात हिरोमध्ये एकको उपमा दिइएको छ ।

बिल गेट्सको ब्लग गेट्सनोट्समा कोभिड–१९ का बेला अप्ठ्यारोमा परेकाहरूको हेरचाह गर्ने अविश्वसनीय सात व्यक्तिको कथा समेटिएको थियो ।

प्रकाशित : आश्विन २९, २०७७ ११:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×