कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

काभ्रेमा कोरोनाबाट ७५ वर्षीया वृद्धाको मृत्यु

नगेन्द्र अधिकारी

काभ्रे — कोरोना संक्रमण पुष्टि भएकी बेथानचोक गाउँपालिका–३ की ७५ वर्षीय वृद्धाको बुधबार उपचारको क्रममा मृत्यु भएको छ ।

काभ्रेमा कोरोनाबाट ७५ वर्षीया वृद्धाको मृत्यु

स्वास्थ्य कार्यालय काभ्रेका अनुसार मधुमेह र दम सम्बन्धीको समस्या देखिएपछि उनलाई मंगलबार बनेपास्थित शिर मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो ।

कार्यालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाका अनुसार हालसम्म जिल्लामा कारोनाबाट १५ जनाको मृत्यु भएको छ ।

ती मध्ये ५ पुरुष र ५ महिला काभ्रेका हुन् भने अन्य जिल्लाका ३ पुरुष र २ महिलाको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको थियो ।

प्रकाशित : आश्विन २८, २०७७ १७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?