कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि मन्थली नगरपालिका बन्द- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि मन्थली नगरपालिका बन्द

टीकाप्रसाद भट्ट

रामेछाप — मन्थली नगरपालिकाका कर्मचारी सहित २० जना कोरोना संक्रमित थपिएपछि मन्थली नगरपालिकाको कार्यालय कार्तिक २ गते सम्मका लागि बन्द गरिएको छ ।

नगर प्रमुख रमेशकुमार बस्नेतले नगरपालिकाका केही कर्मचारीमा कोरोना पुष्टि भएकाले विपद् र फोहोरमैला बाहेकका सबै सेवा बन्द गरिएको बताएका हुन् ।

स्वास्थ्य कार्यालय रामेछापका अनुसार मंगलबार मन्थली नगरपालिका, नेपाल विद्युत प्राधिकरण, राष्ट्रिय वाणिज्य बैंक मन्थली शाखा, विद्यालयका कर्मचारी र केही व्यवसायी गरी २० जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

नगरपालिकाले संक्रमित सबैलाई होम आइसोलेसनमा राख्ने व्यवस्था मिलाएको जनाएको छ । यस अघि रामेछाप नगरपालिकामा सोमबार ८ जनालाई संक्रमण पुष्टि भएको थियो । मंगलबार नै लिखु तामाकोशी गाउँपालिकाका २ जनामा समेत कोरोना संक्रमण पुष्टि भएको उक्त कार्यालयले जनाएको छ ।

प्रकाशित : आश्विन २७, २०७७ १७:३१
प्रतिक्रिया
पठाउनुहोस्

भ्रष्टाचारविरुद्ध मुगु कांग्रेसको अभियान 

राजबहादुर शाही

मुगु — कांग्रेस मुगुले भ्रष्टाचार विरुद्धको अभियान प्रारम्भ गरेको छ । जिल्लामा भ्रष्टाचार अनियमित व्यापक बनेको भन्दै कांग्रेसले त्यसविरुद्ध अभियान सुरु गरेको हो । मंगलबार कांग्रेस नेता र कार्यकर्ताले प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलालाई ज्ञापन पत्र बुझाउँदै जिल्लामा मौलाउँदै गएको भ्रष्टाचार न्यूनिकरणका लागि ध्यानाकर्षण गराए । 


अख्तियारको शाखाको रुपमा चिनिने प्रशासनले भ्रष्टाचारलाई कारबाही गर्न नसकेको उजुरी मुद्दा छानबिन गर्न ढिलासुस्ती गरेको आरोप कांग्रेसको छ । भ्रष्टाचार, अनियमितता छानबिन गर्दै दोषीलाई कारबाही गरेर जनउत्तरदायी, जवाफदेही र कर्तव्यनिष्ठ सरकारको अनुभूति गराउन पनि माग गरिएको छ ।

कांग्रेस पार्टी सभापति खड्गबहादुर शाहीले संघ र प्रदेशका योजनामा व्यापक अनियमितता भएको, माथिबाट व्यक्तिका नाममा योजना तोकिएर आउने र कामै नगरी बजेट सिध्याउने काम भइरहेको आरोप लगाए ।

तर प्रशासन कार्यालयले आफूहरुकै आग्रहमा अख्तियारको टोली मुगुमा आएर योजना हेर्ने, उजुरी छानबिन गर्ने काम गरिरहेको बताएको छ ।

प्रकाशित : आश्विन २७, २०७७ १७:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×