१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

मकवानपुरमा थप १२५ जनामा कोरोना पुष्टि

सुवास विडारी

मकवानपुर — मकवानपुरमा मंगलबार १२५ जनामा कोरोना पुष्टि भएको छ । हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । 

मकवानपुरमा थप १२५ जनामा कोरोना पुष्टि

हेटौंडा आइसोलेसन वार्डका इञ्चार्ज भोला चौलागाईंका अनुसार कोरोना संक्रमित १२५ जना मध्ये ११७ जना हेटौंडा उपमहानगपालिकाभित्रका रहेका छन् । वाग्मती गाउँपालिकाका १४ जना, मकवानपुरगढी गाउँपालिकाका १ जना र हेटौंडा बसोबास गर्ने अन्य जिल्लाका ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

चौलागाईंका अनुसार असोज २५ गते संकलन गरिएको २०६ जनाको स्वाब परीक्षण गर्दा १२५ जनामा कोरोना देखा परेको हो । कोरोना पुष्टि भएकामध्ये ४८ महिला र ७७ पुरुष रहेका छन् ।

हेटौंडा उपमहानगरका विभिन्न वडाका ५१ जना महिला र ६६ जना पुरुषमा कोरोना पुष्टि भएको हो । वाग्मती गाउँपालिकाका ६ महिला र ८ पुरुष रहेका छन् । मकवानपुरगढी गाउँपालिकाका १ जना महिला र जिल्ला बाहिर ठेगाना भएका ३ जना पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

प्रकाशित : आश्विन २७, २०७७ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?