२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

चितवन निकुञ्जमा फेरि भेटियो मृत गैंडा

रमेशकुमार पौडेल

चितवन — चितवन निकुञ्जमा फेरि पनि दुर्लभ एकसिंगै गैंडा मृत भेटिएको छ । निकुञ्जको पश्चिम क्षेत्रमा सोमबार दिउँसो एउटा भाले गैंडा मृत भेटिएको हो । उक्त गैंडा लगभग एक महिनाअघि नै मरेको हुन सक्ने निकुञ्ज कार्यालयका अधिकारीहरूले बताएका छन् ।

चितवन निकुञ्जमा फेरि भेटियो मृत गैंडा

निकुञ्जको पश्चिम सेक्टरअन्तर्गत नवलपुरको विनयी–त्रिवेणी गाउँपालिकाको भेलौंजी कठौंनामा अन्दाजी ३०/३५ वर्षको गैंडा मृत भेटिएको निकुञ्जका सूचना अधिकारी अशोक रामले जानकारी दिए । गैंडा कुहिएको अवस्थामा भेटिएको थियो । ‘अर्को भालेसँग जुधेर करिब एक महिनाअगाडि गैंडा मरेको हुन सक्छ,’ रामले भने, ‘खाग–खुर सुरक्षित रहेका कारण दुर्घटनावश नै मरेको हुनुपर्छ ।’

यससँगै साउनयता निकुञ्जमा नौ गैंडा मरिसकेका छन् । असोजमा मात्रै ६ वटा गैंडा मृत फेला परेका छन् । चितवन निकुञ्जमा आर्थिक वर्ष ०७५/७६ मा निकुञ्ज इतिहासकै सर्वाधिक ४३ वटा गैंडा मरेका थिए । अहिले पनि त्यसै गरी मर्न थालेपछि संरक्षणकर्मी चिन्तित छन् ।

भेलौंजी क्षेत्रमै असोज २१ गते एउटा गैंडा मृत फेटिएको थियो । त्यो गैंडा नदीमा डुबेको अवस्थामा थियो । पछिल्लो समय तस्करहरूले मार्ने क्रम घटे पनि दुर्घटनामा गैंडा मर्न थालेका छन् ।

प्रकाशित : आश्विन २७, २०७७ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?